औरही नगरपालिका–३ की १७ वर्षीया इन्द्राकुमारी मण्डललाई कानुनी प्रक्रियामा जानका लागि सहयोग पुग्ने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयद्वारा २०८२ चैत २३ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । पीडित बालिकाका परिवारजनले सोही दिन इन्सेक मधेश प्रदेश कार्यालयमा न्यायका लागि पहल गरिदिन र आर्थिक अवस्था कमजोर भएकाले कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोगको निम्ति निवेदन दिएका थिए। सोही निवेदनको आधारमा प्रदेश संयोजक राजु पासवानले आर्थिक सहायता गरिएको बताउनु भयो । सोही पालिका–५ का १८ वर्षीय मेघनाथ यादवले ०८२ वैशाख २५ गते नेपालगञ्ज लगि दुर्गा मन्दिरमा आफूसँग विवाह गरेको पीडितको भनाइ छ । गर्भवती अवस्थामा घरमा बस्न आउँदा “तँ तल्लो जातको पानी नचल्ने ” भनी जातीय भेदभाव तथा अपमानजनक व्यवहार गर्दै घर परिवारले दु:ख दिएको भन्दै पति मेघनाथ घरबाट भगाई दिइको कारण पीडितले जिल्ला प्रहरी कार्यालयमा मेघनाथ यादवकी आमा ४५ वर्षीया कविता देवी यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १० को दफा १६० बमोजिम भेदभाव तथा अपमानजनक व्यवहार सम्बन्धी २०८२ असोज २६ गते पीडित पक्षले मुद्दा दर्ता गराएको डिएसपी शैलेन्द्र भट्टले जानकारी दिनु भयो । उजुरी दिएको लामो समय विति सक्दा सम्म पनि कानुनी प्रक्रिया अगाडि नबढेको पीडित पक्षले गुनासो गरेका छन् ।
मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय,