आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२ मङ्सिर २३ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मदनचोक घर वीरेन्द्रनगर नगरपालिका- १६ मेहली बस्दै आउनुभएकी २९ वर्षीया निर्मला तिवारीलाई ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ ।
उहाँका पति ३३ वर्षीय प्रकाश केसीले कुटपिटसँगै घर निकाला गरेपछि कानुनी प्रक्रियाका लागि जिल्ला अदालत सुर्खेतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सहयोग पाउँ भन्दै ०८२ मङ्सिर ८ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो । मङ्सिर १७ गते बसेको मानव अधिकार सहायता कक्षको सचिवालय बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।