INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकाको परिवारलाई न्यायमा पहुँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडितले न्यायका लागि पहल गरिदिन कार्तिक १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० मधेस प्रदेश कार्यालयमा निवेदन दिनु भएको थियो । इन्सेक मधेश प्रदेशको मानव अधिकार सहायता कक्ष मार्फत पीडित परिवारलाई कात्तिक २० गते उक्त रकम प्रदान गरिएको हो ।

पीडित पक्षको आर्थिक अवस्था कमजोर रहेको र न्यायको लागि सहयोग पुग्ने उद्देश्यले पीडित परिवारलाई सहायता प्रदान गरिएको इन्स्क मधेश प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

बालिकालाई बलात्कार गरेको आरोपमा सोनमा गाउँपालिका तरहारी टोलका २५ वर्षीय दिपेन्द्र यादवविरुद्ध पीडित पक्षले ०८२ कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ ।

घटनाबारे तत्काल अनुसन्धान गरी आरोपितलाई गिरफ्तार गरिने जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्ब शर्माले बताउनु भयो ।

मधेश प्रदेश कार्यालय

अन्य

भिडियो