INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानकालागि इन्सेकद्वारा आर्थिक सहयोग 

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी जानकी गाउँपालिका–६ पिपरहवाकी ४२ वर्षीया निलम गोडियालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ कात्तिक २६ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।

उहाँका पति  रामप्रकाश गोडियाले विभिन्न आरोप लगाउदै घर निकाला गरी बैवाहिक सम्बन्ध अन्त्य र सम्बन्ध विच्छेद मुद्दा जिल्ला अदालतमा दर्ता गरेपछि पीडितले अंश मुद्दा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेकी थिएन । जेएनजीको अन्दोलनमा आगजनीबाट अदालतमा रहेको आफ्नो सम्पूर्ण कागजात जलेर नष्ठ भएपछि पुनःफाइल निर्माण र कानुनी प्रकृयामा जानकालागि आर्थिक सहयोग पाउँ भन्दै ०८२ कात्तिक २६ गते सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेको सिफारिस सहित पीडितले इन्सेक लुम्बिनी प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो ।

अन्दोलनमा आगलागी भई अदालतका सम्पूर्ण फाइल जलेर नष्ट भएकाले फाइल तयारी तथा अदालत आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधि ध्रुबराज शर्माले बताउनु भयो ।

ध्रुबराज शर्मा

अन्य

भिडियो