INSEC Online

📅 २०८३ जेष्ठ २१

आगामी फागुन २१ गते हुने मतदानका लागि अपायक मतदानस्थल सार्न आग्रह 

जेनजी आन्दोलनसँगै ०८२ भदौ २७ गते गठन भएको सरकारले ०८२ फागुन २१ गते निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचनको तयारी थालिएको छ ।

निर्वाचन आयोगले कार्त्तिक २ गते झापामा आयोजना गरेको छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि , जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुले अपायक मतदानस्थल सार्न आग्रह गरेका छन्।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको संयोजकत्वमा भएको छलफलमा कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुले जिल्लाका केही अपायक मतदान स्थल सार्न आग्रह गरेका हुन् ।

मेचीनगर नगरपालिकाको  वडा १० को प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा रहेको मतदान स्थललाई १० नं वडा कार्यालयमा सार्नुपर्ने आग्रह गरिएको छ ।

त्यस्तै गौरादह नगरपालिका ६ का केही मतदाताहरुलाई अपायक पर्ने ठाउँमा मतदान स्थल रहेको भन्दै त्यहाँका वडाध्यक्षले पायक ठाउँमा  आग्रह गरेका छन्।

आ–आफ्ना स्थानीय तह र वडामा रहेका मतदान स्थलहरुको अनुगमन गरिदिन जनप्रतिनिधिहरुले आग्रह गरेका हुन् । 

निर्वाचन आयोगले ०८२ कात्तिक १२ गतेदेखि जिल्लाका मतदान स्थलहरुको अनुगमन गर्ने कार्यक्रम तय गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले  जिल्लामा २ सय ८५ ओटा मतदानस्थल रहेको र प्राप्त सुझावका आधारमा मतदानस्थल सार्ने निर्णय गरिने बताउनु भएको छ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो