INSEC Online

📅 २०८३ जेष्ठ २१

८३ मतदान स्थल अति संवेदनशील

जिल्लाका ८३ मतदान स्थल अति संवेदनशिलमा परेका छन् । भौगोलिक अवस्था, विगतको चुनावको विश्लेषण लगायतलाई आधार मानेर जिल्ला सुरक्षा समितिले ८३ मतदान स्थललाई अति संवेदनशीलमा राखेको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताउनुभयो साथै १ सय ३० मतदान स्थल संवेदनशील र ११ मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा २ सय २५ मतदान स्थल र ३ सय ३१ मतदान केन्द्र निर्धारण गरिएको छ । अतिसंवेदनशिल, संवेदनशिल र सामान्यमा वर्गिकरण गरिएको मतदान स्थलमा सुरक्षा रणनिति तयार गरेर सोहि अनुसार सुरक्षाकर्मी परिचालन गरिने छ ।

हरिराम उप्रेती

भिडियो