आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ फागुन १५ गते सिन्धुलीमा निर्वाचन पूर्वको तयारी, सुरक्षा अवस्था र आचारसंहिता उल्लंघनको अवस्थाका सम्बन्धमा अनुगमन गरेको छ।
इन्सेक बागमती प्रदेशका प्रमुख शिवप्रसाद खकुरेलको नेतृत्वको अनुगमन टोलीसँग छलफलका क्रममा मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले विगतका निर्वाचन भन्दा फागुन २१ म्मा हुने निर्वाचन कम जोखिमपूर्ण रहेको बताउनु भयो । उहाँले निर्वाचन सम्पन्न गराउनका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको र मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुलाई तालिम दिई खटाईसकिएको बताउनु भयो । उहाँले निर्वाचनका लागि नियुक्ती दिई खटिएको कर्मचारी र सुरक्षाकर्मीको टोली फागुन १८ गतेसम्ममा दुई ओटै निर्वाचन क्षेत्रका मतदान स्थलहरुमा पुग्ने गरी तयारी भइरहेको जानकारी दिनु भयो ।

उहाँले कारागारमा एक र जिल्ला हुलाक कार्यालयमा एक गरी दुईवटा अस्थायी मतदान केन्द्र रहेको बताउनु भयो । उहाँले आचारसंहिता उल्लंघनका ३ वटा उजुरी परेकोमा आवश्यक प्रकृया अगाडी बढाइएको र गम्भिर उल्लंघनका घटना नभएको बताउनु भयो । प्रयाप्त बजेट अभावका कारण मतदाता शिक्षा प्रभावकारी नभएको र सवारी साधनसमेत पुग्न नसक्ने भौगोलिक विकटता भएका मतदान स्थानमा अपांगतामैत्री, जेष्ठ नागरिकमैत्री निर्वाचन स्थल बनाउन समस्या हुने देखिएको समेत उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले निर्वाचन सम्बन्धी सुचना आदान प्रदानका लागी डिजिटल एप बनाइ सम्बन्धित सबैलाई एपबारे जानकारी समेत गराइएको बताउनु भयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले छलफलका क्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्य लिएर एकिकृत निर्वाचन सुरक्षा अनुसार अनुभव प्राप्त सुरक्षकाकर्मी सहित उचित सुरक्षा व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले अधिकांश मतदानस्थलको सुरक्षा अवस्थाका बारेमा अनुगमन गरेको बताउदै आवश्यक व्यवस्थापन र तयारीमा कुनै कमी नरहेकोमा जोड दिनु भयो ।

भेटघाट तथा छलफलका क्रममा आचारसंहिता अनुगमन अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले आचारसंहिता उल्लंघनका ३ वटा लिखित उजुरी आएको तर सामान्य सचेत गराउँदा समाधान भएको जानकारी दिनु भयो । उहाँले आचारसंहिताका सामान्य गुनासाहरु आए पनि ठूला घटना नभएको इन्सेक टोलीलाई बताउनु भयो ।
अनुगमन टोलीले मुख्य निर्वाचन अधिकृत कमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका एसपी लाल ध्वज सुवेदी, नेपाल आर्मीका कर्नेल सुदिप कुमार विष्ट, एपीएफका डिएसपी सुर्वण पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय, सिन्धुलीका प्रमुख सुदिप अधिकारी, नागरिक समाज, पर्यवेक्षक पत्रकार लगायतसँग भेटघाट र छलफल गरेको छ ।

उक्त अनुगमन टोलीमा इन्सेक केन्द्रिय कार्यालय मानव अधिकार शिक्षा विभागका प्रमुख कृष्ण प्रसाद नेपाल, सहायक अधिकृत बरुण बस्याल, पत्राकार बिमला पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
भेटघाटका क्रममा सरोकारवालाहरुलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ समेत हस्तान्तरण गरिएको छ ।
