आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङले ०८२ फागुन १७ गते चौतारा बजारमा भोट माग्दै घर दैलो गर्ने कार्यक्रममा बालबालिकाको प्रयोग भएको छ ।
उम्मेदवार तामाङले नेतृत्व गरेको जुलुसमा गाडीमा बालबालिकाहरुलाई राखेर नारा लगाउदै झण्डा हातमा लिएको र ब्याण्ड बाजा बनाउने समूहमा समेत बालबालिकाको प्रयोग भएको इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले बताउनुभयो ।
निर्वाचन आचार संहिता विपरितका झण्डाहरु प्रयोग भएको, बाजागाजा सहित ठूलो संख्यामा नागरिकहरु उपस्थिति गराएको, चार पाङग्रे गाडी र दुईपाङ्गे्र मोटर साइकल असङ्ख्य मात्रामा प्रयोग भएको र बजारमा ध्वनी प्रदुषण गराएर सर्वसाधारण नागरिकहरुलाई बाटो अवरुद्ध गरी आवत जावतमा बाधा पुर्याएर निर्वाचन आचार संहिता उल्लंघन गरेको अनुगमन टोलीले स्थलगत अवलोकन गरेको छ ।
