INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्लाही क्षेत्र नं. ३ का जसपा उम्मेदवारमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना गिरफ्तार

सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट उम्मेदवारी दिएका डा. जेपी यादवमाथि दुर्व्यवहार र धम्की दिएको आरोपमा बागमती नपारपालिका–४ का ३७ वर्षीय प्रसान्त वाइवालाई प्रहरीले ०८२ फागुन ८ गते गिरफ्तार गरेको छ ।

बागमती नगरपालिका–३ स्थित बागमती पुल नजिकै रहेको एक होटलमा उम्मेदवारलाई माओवादी निकट कार्यकर्ता वाइवाले अपमानजनक शब्द प्रयोग गर्दै “मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग” भन्दै “मधेशीहरूको औकात कौडिको छ” भनेर जातीय रूपमा होच्याउदै धम्कि दिएको जसपाका कार्यकर्ता दिपक कार्कीले बताए ।

यस घटनाले चुनावी माहोल तातेको अवस्थामा सर्लाहीमा राजनीतिक तनाव बढ्ने संकेत देखिएपछि प्रहरीले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिए ।

 बुधन साह

भिडियो