आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि रौतहट क्षेत्र नं ३ स्थित गुजरा नगरपालिका –६ बेदौउली गाउँमा चुनावी प्रचार प्रसारको क्रममा ०८२ फागुन १९ आक्रमण भएको छ । आक्रमणबाट घाइते मन्सुरीको पिन्स अस्पताल चन्द्रनिगाहपुरमा उपचार भयो । उनको नाकको हड्डी भाँचिएको छ । आक्रमण गर्नेहरूमा जसपा र रास्वपाका स्थानीय कार्यकर्ता रहेको उम्मेदवार मन्सुरीको भनाइ छ । मन्सुरीका अनुसार बेदौली गाउँमा घरदैलो कार्यक्रम गरिरहेका समय एक समूह आएर विवाद गर्न खोजे । सम्झाउन खोज्दा एक्कासी आफूमाथि लाठी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।