वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रबाट बम बनाउने सामग्रीसहित श्रीजंग गणले तीन जानलाई गिरफ्तार गरेको छ ।
फागुन १९ गते राति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा सञ्चालन गरिएको विशेष सर्चका क्रममा वीरगन्ज महानगरपालिका–१६ बस्ने कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादवलाई नौ थान सुतली बम, सेतो रंगको तारसहित गिरफ्तार गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिनु भयो । गिरफ्तार गरिएको सम्बन्धमा अनुसन्धान भइरहेको डिसपी हरि बहादुर बस्नेतले बताउनु भयो ।