INSEC Online

📅 २०८३ जेष्ठ २१

रौतहट क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार प्रभा सिंहमाथि आक्रमण

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ रौतहटका स्वतन्त्र उम्मेदवार प्रभा सिंहमाथि ०८२ फागुन १८ गते साँझ गौर नगरपालिका– ३ स्थित बीपीचोकमा नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेका छन् । चुनावी प्रचारप्रसारको अन्तिम दिन प्रचारप्रसार गर्दै गर्दा नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको सिंहले बताउनु भयो । आक्रमणबाट घाइते  प्रभा सिंहको प्रादेशिक अस्पताल गौरमा उपचार भयो । उनको टाउकोमा चोट लागेको छ भने हात भाँचिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णु प्रदीप बस्यालले आरोपित फरार रहेकोले खोजीकार्य भइरहेकोे बताउनुभयो ।

 गौरी न्यौपाने

भिडियो