आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदान केन्द्र व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालय कर्मचारीलाई प्राथमिकता दिन निर्वाचन आयोगले निर्देशन दिइएको छ ।
रुपन्देही जिल्ला निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ३ ले मतदान केन्द्रमा खटिने स्वयंसेवक कर्मचारी छनोट गर्दा सम्बन्धित विद्यालयका कर्मचारी वा कार्यालय सहयोगीलाई अनिवार्य रूपमा राख्न निर्देशन दिएको हो ।
निर्वाचनको व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन स्थानीय विद्यालयका कर्मचारीहरूको अनुभव उपयोगी हुने भएकाले उनीहरूलाई स्वयंसेवकका रूपमा परिचालन गर्न आग्रह गरिएको सहायक निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।