INSEC Online

📅 २०८३ जेष्ठ २१

रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २१ जना गिरफ्तार

रुपन्देहीका विभिन्न ठाउँबाट निर्वाचन आचारसंहिता विरुद्ध क्रियाकलाप गरेको आरोपमा प्रहरीले २१ जनालाई विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आचारसंहिता विरुद्ध मदिराजन्य पदार्थ विक्रीवितरण तथा सेवन गरेको आरोपमा गिरफ्तार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोक स्थितबाट रेष्टुरेन्टका सञ्चालक सहित नौ जना र मायादेवी गाउँपालिका– ५ गोनाहा चोक स्थित मदिरा पसलबाट दामी र इश्क नाम लेखेको मदिरा १ सय १० बोतल नियन्त्रणमा लिइएको छ ।

यसैगरी शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नम्बर ३ सियाभार रेष्टुरेन्टका सञ्चालक दुई जना गरी ११ जनालाई निर्वाचन अचार संहिता बिवपरीत मदिरा विक्री वितरण तथा सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले निर्वाचन अचार संहिता विपरित गर्ने व्यक्तिहरुलाई निरन्तर निगरानी भइरहेको जनाइएको छ ।

रीमा बि.सी.

भिडियो