INSEC Online

📅 २०८३ जेष्ठ २१

रास्वपा उम्मेदवारको सम्पर्क कार्यालय तोडफोड

दाङ निर्वाचन क्षेत्र नं.३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीको सम्पर्क कार्यालय फागुन ८ गते तोडफोड भएको छ ।

नेकपा एमाले निकट युवा संघका कार्यकर्ताहरुले तुलसीपुर उमनपा–५ ग लाइनमा रहेको सम्पर्क कार्यालय तोडफोड गरेको उम्मेदवार कमल सुवेदीले जानकारी दिनुभयो । कार्यालय अघि राखिएका वोर्ड तोडफोड गरिएको र प्रहरीले क्षति हुनबाट जोगाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । यसअघि रास्वपा कार्यकर्ताले फागुन ७ गते एमालेको झण्डा जलाइदिएका थिए ।

जयनारायण पुन

भिडियो