INSEC Online

📅 २०८३ जेष्ठ २१

रास्वपाका कार्यकर्ताले जलाय एमालेको झन्डा

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले तुलसिपुरमा फागुन ७ गते नेकपा एमालेको झन्डा जलाएका छ्न ।

रास्वपा सभापति रबि लामिछाने तुलसिपुर आउने क्रममा स्वागत गर्न बजारमा जम्मा भएका कार्यकर्ताहरुले एमाले अध्यक्ष केपी ओलिविरुद्ध नाराबाजी गर्दै निर्वाचन आचारसंहिता विपरीत एमालेको चुनाव चिन्ह अङ्कित झन्डा जलाएका हुन् । पार्टीको झन्डा जलाएको घटनाको विरोध गर्दै नेकपा एमाले दाङले घटनामा सङ्लग्न माथि कारबाहीको माग गरेको छ भने रास्वपा दाङका सभापति विनय घिमिरेले फागुन ८ गते विज्ञप्ती जारी गरि आफ्नो कार्यक्रममा घुसपैठियाहरुले झण्डा जलाउने कार्य गरेको यस्तो कार्य रास्वपाबाट हुनै नसक्ने दाबी गर्नुभएको छ । साथै आफ्ना कार्यकर्ता शुभेच्छुकलाई संयमित हुन अपिल गर्नु भएको छ ।

जयनारायण पुन

भिडियो