राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वको टोलीले ०८२ फागुन १४ गते सिन्धुपाल्चोकमा निर्वाचन पूर्व अवस्था अनुगमन सम्पन्न गरेको छ ।
उक्त टोलीले फागुन १२ र १३ गते निर्वाचन पूर्व अनुगमनको क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनको अवस्था, सुरक्षा निकायको तयारीको अवस्था, मतदाता शिक्षा तथा समग्र निर्वाचन प्रक्रियाको तयारीका बारेमा अनुगमन गरेको आयोगका सदस्य दुवाडीले बताउनुभयो ।
अनुगमन टोलीले जिल्लाका नागरिक समाज, पत्रकार तथा मानव अधिकार कर्मीहरुहरुसँग समेत भेटघाट गरी जिल्लामा निर्वाचन तयारीका बारेमा जानकारी लिएको मानव अधिकार आयोगका उप—सचिव दिपक जङ्ग कार्कीले बताउनुभयो ।