०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवा कारागारका २७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । स्थायी मतदाता नामावलीमा नाम समावेश भएकी एक महिला सहित २७ जनाले निर्वाचनमा समानुपातिकतर्फको मतदान गर्न पाउने जेलर कैलास देवकोटाले बताउनु भयो । जिल्ला सदरमुकाम स्थित कारागारमा हाल ८७ जना कैदीबन्दी छन् ।