INSEC Online

📅 २०८३ जेष्ठ २१

मौन अवधिमा होहल्ला गर्ने गिरफ्तार 

मौन अवधिको समयमा निर्वाचन आचारसंहिता विपरीत होहल्ला गरेको आरोपमा प्रहरीले दमक नगरपालिकाबाट १० जनालाई फागुन १९ गते गिरफ्तार गरेको छ।

निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, दमक डिएसपी किशोर लम्सालले बताउनु भयो।

निर्वाचनको समयमा जारी गरिएको आचारसंहिता उल्लंघन गर्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला र हिँडडुल गर्ने व्यक्तिहरूलाई गिरफ्तार गरिएको डिएसपी लम्सालले बताउनु भयो।

गिरफ्तारीमा पर्नेहरुमा दमक–५ का २२ वर्षीय अनिस रसाईली, १९ वर्षीय विवेक खड्का र २९ वर्षीय जोन विश्वकर्मा रहेका छन्। त्यस्तै, कमल गाउँपालिका–५ का ५३ वर्षीय अशोक मुखिया, ३९ वर्षीय हर्क राई र ६६ वर्षीय डम्बर राई छन् ।

गौरादह नगरपालिका–२ का ४५ वर्षीय उद्धवराज ताजपुरिया, इलाम चुलाचुली–४ की ३७ वर्षीया छवि लिम्बू (सानी), दमक–४ की ४० वर्षीया सावित्रा लिम्बू र दमक–६ का ३७ वर्षीय अख्तर खानलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।

नरेश खाती 

भिडियो