INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता भेटघाटका क्रममा विवाद हुँदा एकजना घाइते

नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा नेपाली काँग्रेसले घरदैलो तथा मतदाता भेटघाट गरिरहेको समयमा पुछारबजार स्थित एक विवाह कार्यक्रममा भोटमाग्ने क्रममा विवाद हुँदा ०८२ फागुन ८ गते नवलपरासी जिल्लाका ३९ वर्षीय हिमाल गैरे सामान्य घाइते भए। घाइतेको धादिङ अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि प्रकाश दहालले जानकारी दिनुभयो। मतमाग्दै हिँडेका काँग्रेस कार्यकर्ता समक्ष नवलपरासीबाट जन्ति आएको टोलिले मत नदिने भनेपछि विवाद भएको थियो।

सिताराम अधिकारी

भिडियो