रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई नगरपालिका –९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपालीलाई मतदातालाई पैसा दिएर भोट किनबेच गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको ।
मोरङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डाक्टर मीनेन्द्र रिजालका लागि भोट किनेको आरोपमा तीनै जनालाई ०८२ फागुन १६ गते रतुवामाई नगरपालिका-७ बाट अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरी जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मतदातालाई नगद वितरण गरेको आरोपमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, सिजुवा इन्स्पेक्टर कैलाश लिम्बूले बताउनु भएको छ।
मतदातालाई कुनै किसिमले प्रभावमा पार्नु निर्वाचन आचारसंहिता विपरीत हुने निर्वाचन आयोगले जनाएको छ।