INSEC Online

📅 २०८३ जेष्ठ २१

पिपुल फष्ट पार्टीका उम्मेदवार एकवाल हैदरमाथि आक्रमण

पर्साको क्षेत्र नम्बर १ पिपुल फष्ट पार्टीबाट उम्मेदवारी दिएका वीरगन्ज महानगरपालिका– १४ बहुअरीका ३५ वर्षीय जावेद एकवाल हैदरमाथि फागुन ३ गते घरमै आक्रमण भएको छ ।

पीडित हैदरका अनुसार प्रतिस्पर्धी एमालेका उमेद्वार प्रदिप यादवका समर्थकले आफूले ल्याउने भोटका कारण यादवको भोट काट्ने भयले उनका समर्थकले कुटपिट गरेको आरोप लगाए। कुटपिटबाट उमेद्वारका भाई २७ वर्षीय मोहसिन हैदर र उनका भान्जा १५ वर्षीय मोहद कमर पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार पछि फागुन ४ गते डिष्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस विषयमा गम्भीर रुपमा निगरानी बढाएको पर्साका प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतले बताए ।

   तुलसी भण्डारी

भिडियो