INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचानवादीहरूद्वारा नो भोट अभियान सुरु 

पहिचानवादी संस्थाहरूले आफ्ना एजेण्डामा प्रतिबद्धता नजनाउने उम्मेदवारविरुद्ध ‘नो भोट’ अभियान सुरु गरेका छन् ।

झापाको बिर्तामोडमा ०८२ फागुन १६ गते पत्रकार सम्मेलन गरी मुक्कुम्लुङ संरक्षण, केवलकार निर्माण विरोध तथा कोशी प्रदेश नामाकरणको विषयमा स्पष्ट प्रतिबद्धता नजनाउने राजनीतिक दल र उम्मेदवारलाई मतदान नगर्ने अभियान सुरु गरेका हुन्।

मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति र प्रदेश १ पुनः नामाङ्कन अभियान समितिले संयुक्त रूपमा ‘सेभ मुक्कुम्लुङ, नो केबल कार, नो कोशी’ अभियान घोषणा गर्दै एजेण्डाप्रति प्रतिबद्धता नदेखाउने उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।

कोशी प्रदेश कार्यालय 

भिडियो