पर्सा क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा उम्मेदवार ४६ वर्षीय मनोज कुमार चौधरीको गाडीमा शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
डिसपी हरिबहादुर बस्नेतका अनुसार उम्मेदवार चौधरीसहित गाडीका चालक २६ वर्षीय सहाब आलम अन्सारी, कारमा सवार धनुषा घर भएका ३० वर्षीय सुरज कार्की र पर्सागढीको बिरुवाटोल घर भएका ६८ वर्षीय सत्यनारायण थारुलाई प्रहरीले गिरफ्तार गरेकाे हो ।
पर्सागढी नगरपालिका–३ बडनियार बजारमा उम्मेदवारको गाडीमा हरपुरबाट बडनियार तर्फ जाँदै गरेको समय बा.१० च १२५० नम्बरको गाडी रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा बम बनाउन प्रयोग गरिने टेपले बेरेको टिन र तार लगायतका बस्तु भेटिएको डिसपी बस्नेतले जानकारी दिए ।