फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा चुनौतीलाई मध्ये नजर गरी पर्साका १ सय ६७ मतदानस्थल सिसीटिभी प्रणालीमा जोड्ने तयारी थालिएको छ । फागुन ८ गते पर्सा प्रहरीले विज्ञप्ती सार्वजनिक गर्दै सोही दिनदेखि आगामी १७ गतेसम्म सबै मतदानस्थललाई सिसिटिभी प्रणालीमा जोडिसक्ने तयारी रहने जानकारी दिएको हो ।
प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा सिसिटिभी प्रणालीको मुख्य नियन्त्रण कक्ष रहने छ । मतदान स्थलहरुको निरन्तर निगरानी गरी फागुन २१ गते हुने मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउने उदेश्यले प्रविधिको प्रयोग गरिएको बस्नेतले बताए ।