सिंजा गाउँपालिका – ६ रुघा गाउँमा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) कार्यकर्ताद्वारा राप्रपाका कार्यकर्ता सोही गाउँका १८ वर्षीय जयालाल बुढामाथि कुटपिट भएको छ । उनको फागुन २० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
मौन अवधिको निर्वाचनको समयमा पैसा वितरण गरेर भोट विक्रीवितरण भइरहेको जानकारी भएपछि त्यो ठाउँमा जाँदा फागुन २० गते झडप भएपछि घाइते भएका हुन् । उक्त घटना भएको प्रहरीमा जानकारी भएपनि उजुरी नआएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले बताउनु भयो ।