INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा एमालेका कार्यकर्ताद्वारा विद्यार्थी माथि कृटपिट

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नेकपा एमालेका कार्यकर्ताले ०८२ फागुन ११ गते विद्यालय पोसाकमै रहेका ‘इस्ट पोल स्कुल’मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुमाथि कुटपिट गरेका छन्। नेकपा एमालेको झण्डा बोकेको समूहले अत्तरखेलस्थित ‘केक कर्नर एण्ड बेकरी’ भित्र प्रवेश गरी केही विद्यार्थीलाई हातपात गरेका छन् ।  विद्यालय पोसाकमा रहेका ५–६ जना विद्यार्थी पसलमा चिया खाइरहेका बेला नेकपा एमाले समर्थकको र्‍याली सोही बाटो हुँदै गएकोमा विद्यार्थीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह रहेको ‘घण्टी’ बजाउँदै जिस्क्याएको निहुँमा विवाद सुरु भएको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले भिडियोबारे जानकारी आएको घटनाको विस्तृत अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताउनु भयो ।

इन्सेक बागमती प्रदेश कार्यालय

भिडियो