INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरोधी अभिव्यक्ति दिने ज्योतिष गिरफ्तार

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैन भनी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई ०८२ फागुन १८ गते चन्द्रागिरीबाट गिरफ्तार गरेको छ। ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै अफवाह फैलाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताउनु भयो ।

बागमती प्रदेश कार्यालय

भिडियो