INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन लक्षित गर्दै धनुषाका सम्पूर्ण सीमानाका तीन दिन बन्द

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका भारतसँग जोडिएका सम्पूर्ण सीमानाका तीन दिन बन्द गर्ने निर्णय २०८२ फागुन १४ गते सार्वजनिक गरेको छ। फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले फागुन १८ गते राति १२ बजेदेखि  फागुन २१ गते राति १२ बजेसम्म सबै सीमानाका बन्द रहने जनाइएको छ। उक्त निर्णय जिल्ला प्रशासन कार्यालयले जारी गरेको औपचारिक पत्रमार्फत सार्वजनिक गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार निर्वाचनको दिन अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन नगर्ने, निर्वाचन क्षेत्र अन्तर्गत चारै क्षेत्रहरूमा ड्रोन क्यामेरा उडाउन नपाइने, र कुनै किसिमको नियम विपरीत कार्य गरे कानुन बमजोम कारबाही हुने जनाउँदै  सबैलाई सूचनाको पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नुभयो।

सन्तोष कुमार यादव

भिडियो