INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन बिथोल्न सक्ने आशंकामा आठ जना गिरफ्तार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्न सक्ने आशंकामा आठ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा फागुन १३ गते वीरेन्द्रनगर नगरपालिका– १ का क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपाने, कालीकोटको नरहरीनाथ गाउँपालिका– ७ का वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका ३० वर्षीय जिल्ला सचिव धीर दर्जी (डेबिट परियार), सान्नी त्रिवेणी गाउँपालिका– ६ का क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्युरो सदस्य ४१ वर्षीय कर्णबहादुर बिसी, कैलालीको धनगढी उपमहानगरपालिका– १२ का वैज्ञानिक समाजवादीका जिल्ला सचिव श्याम कुवँर, सुर्खेतको वीरेन्द्रनगर– ११ का बहुमत पार्टीका जिल्ला सचिव ३८ वर्षीय राजु भनिने राजकुमार पौडेल, सुर्खेतकै भेरीगंगा नगरपालिका– १२ का नेकपा (क्रान्तिकारी)का जिल्ला सचिव ५४ वर्षीय रन्तबहादुर वली, भेरीगंगा नगरपालिका–९ का वटा कमिटी सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रुकुम पश्चिमको चौरजारी नगरपालिका– ८ का ३८ वर्षीय मानबहादुर मल्ललाई गिरफ्तार गरेको हो । प्रहरीले भने फागुन १४ गते मात्रै आरोपितहरुको नाम सार्वजनिक गरेको हो । चुनाव बहिष्कार गरेका विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरूले निर्वाचन विरोधी गतिविधिमा  संलग्न रहेकोले गिरफ्तार गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथाले बताउनु भयो । आरोपितहरू विरुद्ध शान्ति सुरक्षामा खलल् पु¥याएको कसुरमा मद्दा चलाउने तयारी रहेको डिएसपी बुढथापाले जानकारी दिनुभयो ।

 

कर्णाली प्रदेश कार्यालय

भिडियो