निर्वाचन बहिष्कार अभियान सञ्चालन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी धनुषा जिल्ला अध्यक्ष नन्दन झा (नन्दु) र नेकपा बहुमत पार्टी धनुषा जिल्ला अध्यक्ष नागेन्द्र दासलाई २०८२ फागुन २० गते जनकपुरधाम उपमहानगरपालिका –४ मुरली चोकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । एसपी रुगम बहादुर कुँवरका अनुसार २०८२ फागुन १९ गते मिथिला नगरपालिका–९ बडहरीस्थित पुलमाथि भएको बम विस्फोट घटनामा अनुसन्धानबाट नागेन्द्र दासको संलग्नता देखिएकाले दुवै जनालाई गिरफ्तार गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको एसपी कुँवरले बताउनुभयो ।