प्रतिनिधि सभा सदस्य निर्वाचनमा बालबालिकाकाे प्रयाेग भएकाे पाइएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङबेसिमा आयाेजना गरेकाे सभामा बालबालिकाकाे प्रयाेग भएको पाइएकाे हाे ।
रास्वपा सभापति रबिलामिछाने रधादिङ २ का उम्मेदवार बाेधनारायण श्रेष्ठ सहभागी कार्यक्रममा नीलकण्ठ बालमज्दिर मावि र अन्य विद्यालयका बालबालिका सभामा सहभागी थिएभने विद्यालय सवारी साधनमा समेत प्रचारप्रसार गरिएकाे थियाे ।
आचार संहिले निषेध गरेकाे बालबालिका प्रयाे भएकाे छ भने सवारी साधन गाडी र माेटरसाईकल र्याली गर्न नपइने भनेपनि ४० भन्दा बढि गाडी र १ सयभन्दा बढी माेटरसाईकलले धादिङकाे सल्यानटारदेखि धादिङबेसी, पुछारबजारबाट सिरानबजार हुँदै मलेखु गल्छीसम्म र्याली गरिएकाे छ । निर्वाचन चिन्ह अंकित टिसर्ट र ज्याकेट, लाेगाे स्टिकर र फ्रेक्स व्यानर समेत प्रयाेग गरि अाचार संंहिता उल्लंघन भएकाे पाईएकाे छ ।