INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन खर्च सम्बन्धी आचरण उल्लङ्घन गरेको भन्दै उम्मेदवारहरुको आलोचना

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका प्रत्यक्ष तर्फका उमेद्वारहरुले निर्वाचन खर्च सम्बन्धी आचरण उल्लंघन गरेको भन्दै समाजिक सञ्जालमा र नागरिकहरुबाट आलोचना भएको छ ।

निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ३ दफा १६ को (ख) मा उल्लेख भएअनुसार उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा बित्तिय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने छ । त्यसैगरि सोही दफाको (ङ) मा राजनितिक दलले निर्वाचन सम्वन्धी खर्च गर्दा बैंक वा बित्तिय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गर्नु पर्ने उल्लेख छ ।

तर जिल्लाका दुई ओटा निर्वाचन क्षेत्रका ३६ जना उम्मेदवार मध्ये चार जना उम्मेदवारले मात्र बैंक खाताको विवरण बुझाएको बित्तिय अनुगमन समितिका संयोजक कोष नियन्त्रक प्रमुख देवराज लुइटेलले बताउनु भयो । लुइटेलका अनुसार निर्वाचनमा भाग लिने उम्मेदवारहरुले निर्वाचनको खर्च बैंकबाट गर्नुपर्ने र उक्त बिवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ । उक्त प्रावधानलाई चार जना उम्मेदवार बाहेक बाँकी सबै उम्मेदवारहरुले निर्वाचन खर्च सम्वन्धी आचरण उल्लङ्घन गरेको बताउनु भयो ।

नातिबावु धिताल

भिडियो