निर्वाचन आचार संहिता ०८२ को परिच्छेद ३ को दफा १२ (द) मा कुनै किसिमको भित्तेलेखन गर्न गराउन नहुने उल्लेख भएता पनि सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. १ मा विभिन्न ब्यक्तिको घर, सार्वजनिक उद्यान, मन्दिर लगायतका स्थानमा नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्हको भित्तेलेखन गरेको भन्दै ०८२ फागुन १३ गते जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को बन्देउ देखि खाडीचौर सम्मको सडक दायाँवायाँ रहेको बिभिन्न सार्वजनिक स्थलहरुमा तारा चिन्ह अंकित चुनाव चिन्हको भित्तेलेखन गरेको भन्ने उजुरी निर्वाचन कार्यालयमा आएकोमा जिल्ला अनुगमन समितिले अनुगमन गर्दा समेत भित्तेलेखन गरिएको देखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो ।
भित्तेलेखन गर्ने गराउने उमेद्वार विरुद्ध परेको उजुरी उपर उमेद्वारलाई स्पष्टिकरणको माग गरिने र भित्तेलेखन मेटाउन अनुरोध गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख प्याकुरेलले बताउनुभयो ।