आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको पाइएको छ । मुख्य चार दलका उम्मेदवारहरुले निर्वाचन चुनाव चिन्ह अङ्कित लोगो, टोपि, टिसर्ट प्रचारको क्रममा लगाएर हिड्ने र वितरण समेत गर्ने गरेको पाइएको हो । निर्वाचन आचारसंहिता २०८२ मा चुनाव चिन्ह अङ्कित सामग्री लगाउन नपाइने स्पष्ट उल्लेख छ । नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसको ०८२ फागुन चुनावी प्रचारको क्रममा लोगो अंकित टिसर्ट, ब्याज लगाएको तथा बाजागाजा सहित चुनावी प्रचार गरेको उजुरी परेको जिल्ला निर्वाचन आचारसंहिता अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो साथै आचारसंहिता विपरित सार्वजनिक स्थलमा ०८२ फागुन १६ गते राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस पार्टीले पालुङटार र सिरानचोक गाउँपालीकामा निर्वाचन अंकित झण्डा र तोरण टाँगेको पाईएको बताउनुभयो ।
अन्य पार्टीको झण्डा च्यात्ने जस्ता विषयमा पनि गुनासो र उजुरीको छानविन हुँदै गरेको शर्माले बताउनुभयो । त्यस्तै सार्वजनिक ठाउँमा पार्टीको झण्डा राखेको भन्दै आचारसंहिता उल्लङ्घनका एक दर्जन उजुरी, फोन, म्यासेज तथा लिखित माध्यमबाट प्राप्त भएको शर्माले बताउनुभयो ।