जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचनलाई असर पर्ने भन्दै दाङमा ड्रोन प्रयोगमा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सावित्रा पुनले फागुन १२ गते विज्ञप्ती जारी गरी फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म ड्रोनको प्रयोगमा रोक लगाइएको जानकारी दिनुभयो । साथै सूचनाको उल्लंघन गरी कसैले ड्रोनको प्रयोग गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।