प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियानका क्रममा मादी गाउँपालिका–११ साप्लेमा कार्यक्रम भइरहँदा नेकपा एमाले कास्की क्षेत्र नम्बर १ का उम्मेदवारको चुनावी अभियानमा प्रयोग भएको दुई ओटा गाडीमाथि ०८२ फागुन १४ गते तोडफोड भएको छ ।
तरुण दल सम्बद्ध युवाहरुले ग.४ च.१०१५ र बा.९ च.८९ नम्बरको दुई ओटा कारमा ढुङ्गा प्रहार गरेको उम्मेदवार वैनबहादुर अधिकारी क्षेत्रीले बताउनु भयो । अधिकारीका अनुसार स्थानीय तरुण दलका नेता रिदम गुरुङलगायतका चार जनाको समूहले गाडीमा तोडफोड गरेका हुन् । अभियानको क्रममा गाडी पार्किङमा राखेको बेला गाडीमा प्रहार गरेको एमाले मादी गाउँपालिका अध्यक्ष सुवास सापकोटाले जानकारी दिनुभयो ।