INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनका लागि बाँकेका सीमा नाका तीन दिन बन्द

०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लाका भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका बन्द गरिने भएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सीमा नाकाहरु बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले बुधबार सूचना जारी गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा फागुन १८ गते मध्यराति १२ बजेदेखि फागुन २१ गते मध्यराति १२ बजेसम्म भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका बन्द रहने जानकारी दिएको हो।

बाँके जिल्लाको दक्षिणतर्फ भारतसँग करिब ६५ किलोमिटर सीमा जोडिएको छ। यो क्षेत्र मुख्यतः भारतको उत्तर प्रदेश सँग जोडिएको छ। जिल्लामा जमुनाहा–रूपैडीहा नाकासहित विभिन्न साना–ठूला सीमावर्ती क्षेत्रहरु रहेका छन्।

यस क्षेत्रमा मुख्य रूपमा जमुनाहा नाका, साइगाउँ सीमावर्ती क्षेत्र, खजुरा गाउँपालिका सीमा क्षेत्र, जानकी गाउँपालिका सीमा क्षेत्र तथा नरैनापुर गाउँपालिका सीमा क्षेत्र पर्दछन्। यी क्षेत्रमा स्थानीय आवतजावतका साना मार्गहरू समेत सञ्चालनमा रहेका छन्।  प्रशासनले निर्वाचन अवधिभर सुरक्षा सतर्कता बढाइने र आपतकालीन तथा अत्यावश्यक सेवाबाहेक सीमा आवतजावतमा रोक लगाइने जनाएको छ।

लुम्बिनी प्रदेश कार्यालय

भिडियो