जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादवलाई मौनअवधिको समय नगदसहित प्रहरीले गिरफ्तार गरेको छ ।
डिएसपी रमेशबहादुर पालका अनुसार फागुन १९ गते राति करिब १२ः३० बजे नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई शिवचोकमा चेकजाँच गर्दा ४ लाख ८७ हजार रुपियाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई प्रहरीले गिरफ्तार गरेकाे हाे । गाडीबाट मतपत्रसमेत फेला परेको भन्दै निर्वाचन आयोगको नियमानुसार कारबाही प्रक्रिया अगाडी बढाउने डिएसपी पालले बताउनु भयो ।