INSEC Online

📅 २०८३ जेष्ठ २१

धादिङमा आचारसंहिता विपरित कार्य रोकिएनन्

धादिङ निर्वाचन क्षेत्र नं १ को विभिन्न स्थानमा निर्वाचन आचारसंहिता विपरीत कार्य रोकिएका छैनन् ।

निर्वाचन आचारसंहिता २०८२ मा निर्वाचन चिन्ह अंकित टोपी, लकेट लगायतका साम्रगी प्रयोग गर्न नपाउने भनि उल्लेख भएतापनि नेपाली कम्यूनिष्ट पार्टीका कार्यकर्ताले तारा चिन्ह अंकित लकेट र टोपी लगाइएर जुलुस र घरदैलो अभियान संचालन गरिरहेका छन् । यसैगरि रास्वपाले लकेट, टोपी र केही मात्रामा टिसर्ट समेत निर्वाचन चिन्ह अंकित लगाएर निर्वाचन प्रचारप्रसार गरिरहेको छ । यसैगरि नेकपा एमालेले टोपी लगाएर, श्रम संस्कृति पार्टीले टोपी र लकेट, राप्रपाले टोपी र लकेट लगाएर निर्वाचन प्रचार प्रसार गरिरहेको इन्सेक प्रतीनिधिले गरेको अनुगमनका क्रममा देखिएको छ ।

यसैगरि फ्लेक्स राख्न नपाइने आचार संहितामा उल्लेख भएतापनि रास्वपाले गाउँगाउँ र टोलहरुमा फ्लेक्स राखेर प्रचार गरिरहेको अनुगमनका क्रममा पाइएको छ ।

सीतराम अधिकारी

भिडियो