INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषामा मौन अवधिबिच नगरप्रमुखद्वारा घरदैलो

धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवको पक्षमा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोसहित नेपाली कांग्रेसका कार्यकर्ताहरूले फागुन १९ गते बिहान मिथिला नगरपालिका–२ नक्टाझीज क्षेत्रमा घरदैलो कार्यक्रम गरेको पाइएको छ ।

निर्वाचन आयोग नेपालले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि लागू गरेको छ । आयोगद्वारा जारी निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा तिनका प्रतिनिधिले कुनै पनि प्रकारको प्रचारप्रसार, घरदैलो, सभा–जुलुस, मत माग्ने वा मतदातालाई प्रभाव पार्ने गतिविधि गर्न नपाउने व्यवस्थाको बेवास्ता गर्दै नगरप्रमुख महेन्द्र महतोले घरदैलो गरी मत मागेका छन्।

 सन्तोष कुमार यादव

भिडियो