सहिद नगरपालिकाका नगरप्रमुख दिनेशप्रसाद यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पशुपति यादवको घरदैलो कार्यक्रममा सहभागी भएका छन्।
त्यस्तै, धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम पल्टन शाहको चुनावि प्रचारप्रसारको सिलसिलामा वडा स्तरीय भेला कार्यक्रममा सक्रिय रहेको अनुगमनको देखिएको इन्सेक प्रतिनिधि सन्तोष कुमार यादवले बताए ।

