INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषाको जमुनीबास र बर्दिवासस्थित रातो पुलमाथि विष्फोट हुँदा चार जना घाइते

मिथिला नगरपालिका–९ बडहरीस्थित पुलमाथि राखिएको शंकास्पद वस्तु विष्फोट हुँदा मिथिला नगरपालिका –८ जमुनीबासकी १५ वर्षीया बालिका आशा भुजेल र अठ वर्षीय बालक सुशील माझी घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमका अनुसार विष्फोटमा घाइतेहरुको अवस्था सामान्य रहेको छ । घटना सम्बन्धमा छानविन सुरु गरेको डिएसपी बलले जानकारी दिनुभयो ।

त्यसैगरी बर्दिवासस्थित रातो पुलमाथि बेवारिसे अवस्थामा राखिएको शंकास्पद बस्तु विस्फोट हुँदा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का २५ वर्षीय सन्देश चौधरी र २२ वर्षीय समीर चौधरी सामान्य घाइते भएका छन्।

पुलमाथि दुई ओटा शंकास्पद वस्तु राखिएको देखेपछि आफूले चलाउन रोज्दा एक ठाँउमा विष्फोट भएपछि प्रहरीलाई खबर गरेको घाइतेहरुले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्दै भट्टका अनुसार शंकास्पद वस्तु  नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर निष्क्रिय गरेको छ।

मधेश प्रदेश कार्यालय

भिडियो