फागुन २१ गते हुने आसन्न प्रतिनिधि निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न गराउन भइ रहेको निर्वाचन पूर्व तयारीका सन्दर्भमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीसँग इन्सेकका पर्यवेक्षक टोलीले ०८२ फागुन १८ गते भेटघाट गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश संयोजक राजु पासवानसहित ममता बिश्वकर्मा , अमित मिश्र , बलराम साह , पुरुषोत्तम यादव तथा विनोद महरा सम्मिलित निर्वाचन पर्यवेक्षक टालीले सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक कृष्ण गैरसँग भेटघाट गरी निर्वाचन पूर्व तयारीबारे छलफल गरेको हो ।
कुराकानीको क्रममा गैरेले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने उदेश्यले जिल्लामा रहेका ३ सय २२ मतदानस्थलमा निर्वाचनलाई लक्षित गरी तयारी भइ रहेको बताउनु भयो । जसमध्ये १ सय ९४ अति अतिसंवेदशनशील, १ सय ६ वटा संवेदशनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको उहाँले जानकारी दिनु भयो ।
उहाँले जिल्लामा मतदान केन्द्रको सङ्ख्या ६४५ रहेको धनुषा जिल्लामा खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरुको वर्गीकरण गरिएको भन्दै १ सय ९४ अति अतिसंवेदशनशील मतदानस्थलमा भने विशेष निगरानीका साथ तयारी सम्पन्न गरीने बताउनु भयो । प्रशासनका सम्पुर्ण काम स्थगित गरी निर्वाचनमै मात्र केन्द्रित भएर तयारीमा सबै कर्मचारी जुटिरहेको भन्नु भयो ।
एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउँदै मतदानस्थल र मतदाताका्े शान्ति सुरक्षा नै प्राथमिकता रहेको हुँदा मानवअधिकारकर्मी र पर्यवेक्षकले समेत यसमा विशेष रुपमा समन्वय गरीदिन सुझाव दिनुभयो ।