INSEC Online

📅 २०८३ जेष्ठ २१

झापा निर्वाचन क्षेत्र नं. ५ का ७० ओटा मतदान केन्द्र अति संवेदनशील

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै झापा निर्वाचन क्षेत्र नं. ५ का सात ओटा मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रमा रूपमा वर्गीकरण गरिएको छ ।

झापा निर्वाचन क्षेत्र नं. ५ मा सबैभन्दा बढी १० ओटा मतदानस्थल र ७० ओटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली र  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसहितको उम्मेदवारी रहेको झापा निर्वाचन क्षेत्र नं. ५ मा सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रको वर्गीकरण गरिएको छ ।

झापा निर्वाचन क्षेत्र नं. ५ मा सबैभन्दा बढी मतदान केन्द्रहरू सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको सुरक्षा निकायले जनाएको छ ।

जिल्लामा २ सय ८५ ओटा मतदानस्थल र ८ सय १५ ओटा मतदान केन्द्रहरू तोकिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदातालाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थल र मतदानकेन्द्रको तीन तहमा वर्गीकरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका पाँच ओटा मतदानस्थललाई अति सम्वेदनशीलका रूपमा राखिएको बताउनु भयो ।

जिल्लामा रहेका २ सय ८५ मतदानस्थलमध्ये १ सय ४७ संवेदनशील र ४३ ओटा मतदानस्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताउनु भयो ।

झापा क्षेत्र नं. १ मा १६ ओटा मतदानस्थल र ५४ ओटा मतदान केन्द्र , क्षेत्र नं. २ मा १६ ओटा मतदानस्थल र ५५ ओटा मतदान केन्द्र , क्षेत्र नं. ३ मा १० ओटा मतदानस्थल र ४० ओटा मतदानकेन्द्र , क्षेत्र नं. ४ मा २५ वटा मतदानस्थल र ६७ ओटा मतदान केन्द्र तथा क्षेत्र नं. ५ मा सबैभन्दा बढी १० ओटा मतदानस्थल र ७० ओटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

झापा निर्वाचन क्षेत्र नं. ५ को दमकमा नौ ओटा, गौरादहमा तीन ओटा, कमलमा सात ओटा र गौरीगञ्जमा एउटा मतदानस्थललाई अति सम्वेदनशील मानिएको छ ।

 

नरेश खाती

भिडियो