INSEC Online

📅 २०८३ जेष्ठ २१

जनकपुरमा बीबीसीको ‘जेनजी आन्दोलन’ डकुमेन्ट्री सार्वजनिक प्रदर्शन: भारतीय गाडीसहित रास्वपा कार्यकर्ता गिरफ्तार

जनकपुरधाममा बीबीसीले निर्माण गरेको ‘जेनजी आन्दोलन’सम्बन्धी डकुमेन्ट्री प्रसारण गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको गाडीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  कार्यकर्तालाई २०८२ फागुन १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरमा प्रसारण गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको गाडीसहित रास्वपाका कार्यकर्ता पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम बहादुर कुँवरका अनुसार बी.आर ०१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर जडान गरी जनकपुरधामस्थित रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो। सोही अवस्थामा प्रहरीले रास्वपाका कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो।

एसपि कुँवरका अनुसार उक्त भारतीय नम्बर प्लेटको गाडी प्रोजेक्टरसहित डकुमेन्ट्री प्रसारणका लागि ल्याइएको थियो। अन्य दुईवटा गाडी भने फरार रहेका छन्। ती गाडीहरू पनि प्रोजेक्टरसहित डकुमेन्ट्री प्रसारणमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो।

निर्वाचन आचारसंहिता लागू रहेको अवस्थामा अनुमति नलिई सार्वजनिक स्थलमा प्रोजेक्टरमार्फत डकुमेन्ट्री प्रसारण गरिएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका जयसवाललाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

सन्तोष कुमार यादब 

भिडियो