जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा निर्वाचन आचारसंहिता विपरित टाँसिएको झण्डा र पोस्टर २०८२ फागुन ८ गते जिल्ला प्रहरी कार्यालय धनुषाले हटाएको छ।
राजनीतिक पार्टीहरूले चुनावी प्रचारप्रसारका लागि राखेका सो सामग्री आचारसंहिता उल्लङ्घनको रुपमा प्रयोग गरेको पाइएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमका अनुसार जनतालाई भ्रमित पार्ने वा नियम उल्लङ्घन गर्ने किसिमका चुनावी सामग्री निरन्तर अनुगमन गरी हटाउने बताए ।
यस्ता गतिविधिहरूको निगरानी कडा राख्ने र आवश्यक कारबाही गर्ने भन्दै स्थानीयहरूले पनि चुनावी नियमको पालना गर्न र सार्वजनिक स्थानमा अनावश्यक प्रचार सामग्री नराख्न सचेत हुनुपर्ने बलले सुझाब दिए ।

