INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनाव विथोल्ने शङ्कास्पद गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ विथोल्ने गरी शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेकोे छ ।

निर्वाचन विथोल्नलाई भूमिका खेल्न सक्ने आशङ्कमा प्रहरीले ०८२ फागुन १४ गते दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नेता कार्यकर्तालाई मोरङमा गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेमा बूढीगङ्गा गाउँपालिका–७ का ४७ वर्षीय डोलेश्वर रेग्मी, पथरीशनिश्चरे नगरपालिका–३ का ६३ वर्षीय सूर्य चौधरी र ५८ वर्षीय चूडामणि राई छन् ।

रेग्मी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका मोरङ जिल्ला संयोजक तथा चौधरी र राई कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले बताउनु भयो ।

निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेर चुनाव विथोल्ने सम्भावना देखिएकाले तीनै जनालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी चौधरीको भनाइ छ ।

 

कोशी प्रदेश कार्यालय

भिडियो