वैतेश्वर गाउँपालिका–२ गैरीमुदीमा ०८२ फागुन ६ गते राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा हिँडेका रास्वपा वैतेश्वरका सभापति नन्दलाल दाहालसहितका नेता तथा कार्यकर्तालाई हातमा रड लिएका एक युवासहित केही स्थानीय युवाहरुले घण्टी बजाएर हो–हल्ला गरेको आरोपमा प्रचार प्रसारमा रोक लगाएका छन् । अवरोधपछि उनीहरु प्रचार प्रसार नगरी फर्किएका छन् । कुनै पार्टीलाई गाउँ छिर्न नदिएको भन्दै घण्टी र स्पिकर बजाएर नहिँड्न स्थानीय युवाहरुले चेतावनी दिएका थिए ।
