INSEC Online

📅 २०८३ जेष्ठ २१

क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज र सचिव गिरफ्तार

प्यूठान । ०८२ फागुन १४ गते
क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज र सचिवलाई ०८२ फागुन १३ गते प्यूठान नगरपालिका — ७ बाट प्रहरीले गिरफ्तार गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी का जिल्ला इन्र्चाज प्यूठान नगरपालिका—९ का ५५ वर्षीय टिकाराम पौडल र जिल्ला सचिव स्वर्गद्धारी नगरपालिका—२ का ५८ वर्षीय बिरबहादुर पुन लाई निर्वाचन बहिष्कार सम्बन्धि पर्चा वितरण गरिरहेको अवस्थामा गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिराशतमा राखिएको जिल्ला प्रहरी कर्यालयका इन्स्पेक्टर हरी भट्टराईले जानकारी दिनुभयो ।

रविन्द्र पाण्डे

भिडियो